Rental Nepal is a Complete Real Estate Solution for Nepal

सामाजिक संजालबाट हुने विज्ञापनलाई करको दायरामा ल्याउने सरकारको तयारी

Posted on: Aug 13th 2018 | 553 Views Share Tweet Share
social media

सरकारले इन्टरनेटको माध्यमबाट हुने विज्ञापनलाई करको दायरामा ल्याउने तयारी सुरु गरेको छ। पछिल्लो सयम प्रविधिको माध्यमबाट हुने कारोबारको दायरा बढ्दै गएपछि अर्थमन्त्रालयले करको दायरामा ल्याउन अध्ययन सुरु गरेको छ।

पछिल्लो समय फेसबुक, ट्विटर, युटुवजस्ता समाजिक संजालमा नेपालबाट हुने विज्ञापन र त्यसमा हुने कारोबारलाई करको दायरामा ल्याउन अध्ययन सुरु गरिएको अर्थ मन्त्रालयको राजश्व सचिव शिशिर ढुंगानाले जानकारी दिए।

नेपालबाट पछिल्लो समय विशेषगरी फेसबुकमा विज्ञापन धेरै हुने गरेको छ। नेतादेखि  मन्त्रीसम्मले फेसबुकमा विज्ञापन गरिरहेका छन्। त्यसको भुक्तानीको प्रक्रिया, खर्च, लागत जस्ता विषयमा अध्ययन गर्न आन्तरिक राजश्व विभागलाई निर्देशन दिइएको ढुगानाले जानकारी दिए।

नेपालबाट फेसबुकमा स्पाेन्सर गर्दा सहज भुक्तानीकाे बाटाे नभएपनि सरकारी स्वामित्वकै स‌ंस्थाहरुले पनि गरिरहेका छन्। 

सामाजिक संजालबाट हुने विज्ञापनलाई करको दायररामा ल्याउन खोजिएको तर यसको अर्थ सामाजिक संजालमै कर लगाउने भन्ने कुरा सत्य नभएको ढुंगानाको भनाइ छ।

‘कुनै पनि समाजिक संजाल वा इन्टरनेटको माध्यमबाट हुने विज्ञापनमा कर लगाउने सम्बन्धि हामीले तयारी सुरु गरेका छौं’ ढुगानाले सेतोपाटीसँग भने।

सामाजिक संजाल वा इन्टरनेटको माध्यमबाट हुने सबै कारोबारलाई कसरी करको दायरामा ल्याउने भन्ने विषयमा अध्ययन सुरु भएको र सम्भवतः अर्को वर्षदेखि लागू हुने अधिकारीहरुको भनाइ छ। सेतो पाटीमा मा खबर छ। 

Comment with Facebook

Explore by City