Rental Nepal is a Complete Real Estate Solution for Nepal

विद्युतीय प्रणालीबाट घरको नक्सा पास गर्ने विधि

Posted on: Jan 23rd 2019 | 793 Views Share Tweet Share
fr14

नयाँ घर निर्माण गर्नुअघि नक्सा अहिले अनिवाय रुपमा पास गर्नुपर्ने व्यवस्था छ । नक्सा पास गर्ने विधिलाई हाल विद्युतीय प्रणालीबाट गर्न सकिने व्यवस्था गरिएको छ । यो प्रविधि काठमाडौं, ललितपुरलगायत नगरपालिकाले अपनाइसकेका छन् देशभरी नै लागु हुने क्रम जारी छ । नक्सा पास प्रणालीलाई सफ्टवेयरको माध्यमबाट व्यवस्थित गर्ने र घरको विवरण कम्प्युटर प्रणालीमा ल्याउने अर्थात् डिजिटलाइज्ड गर्ने उद्देश्यले यो प्रणाली लागू गरिएको हो । यसले नक्सा पास प्रक्रिया पूर्ण रूपमा पारदर्शी र जनतामुखी बनाउन सहयोग पुर्यािउँछ । यो प्रणालीलाई इलेक्ट्रोनिक बिल्डिङ पर्मिट सिष्टम ९ईबीपीएस० पनि भनिन्छ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको बृहत्तर विपद् जोखीम व्यवस्थापन कार्यक्रममार्फत सुरक्षित भवन निर्माण क्षेत्रमा संस्थागत तथा सुशासन व्यवस्थालाई लक्षित गरी यो प्रविधि ल्याइएको हो ।

विद्युतीय प्रणालीबाट नक्सा पास हुने प्रक्रिया 
डिजाइनर डेस्क (नगरपालिकामा दर्ता भएका डिजाइनका लागि)
( डिजाइनारले नक्सा पेश आवेदन फारम अनलाइन भर्नेछ ।
( डिजाइनारले निवेदकरघरधनीको व्यक्तिगत विवरण राख्नेछ ।
( डिजाइनारले जग्गाको विवरण राख्नेछ ।
( डिजाइनारले चारकिल्ला विवरण राख्नेछ ।
( डिजाइनारले घरको क्षेत्रफल राख्नेछ ।
( डिजाइनारले भवन तथा बाटोसम्बन्धी मापदण्ड राख्नेछ ।
( डिजाइनारले नेपाल राष्ट्रिय भवन संहिताअनुरूप डाटा राख्नेछ ।
( डिजाइनारले सम्पूर्ण कागजात स्क्यान गरेर अपलोड गर्नेछ ।
( डिजाइनारले सिष्टमबाट दरखास्त ठीक भएरनभएको चेक गरी ठीक भए रजिष्ट्रेशन डेस्कमा पठाउनेछ ।

रजिष्ट्रेशन डेस्क
( डिजाइनारले पेश गरेको विवरण अनलाइन चेक गरिन्छ ।
( आवश्यक कागजात रहेरनरहेको चेक गरिन्छ ।
( भूकम्प पीडितको विवरण हालिन्छ ९राजस्व छूट ७५ प्रतिशत०
( सामान्य गल्ती भए सोही डेस्कबाट मिलाइन्छ ।
( विवरणमा धेरै त्रुटि भए मात्र डिजाइनार डेस्कमा फाइल फिर्ता पठाइन्छ ।
( सबै विवरण ठीक भए टेक्निकल डेस्कमा फाइल पठाइन्छ ।

टेक्निकल डेस्क १
( डिजाइनारले भेरेको सम्पूर्ण टेक्निकल विवरणका साथै भुँइ क्षेत्र अनुपात, जग्गा उपयोग प्रतिशत ठीक भएरनभएको चेक गरिन्छ ।
( सामान्य गल्ती भए सोही डेस्कबाट मिलाइन्छ ।
( विवरणमा धेरै त्रुटि भए मात्र डिजाइनार डेस्कमा पठाइन्छ ।

टेक्निकल डेस्क २
( डिजाइनरले भरेको सम्पूर्ण संरचनागत विवरण ठीक भए÷नभएको चेक गरिन्छ ।
( सबै विवरण ठीक भए राजस्व डेस्कमा पठाइन्छ ।

राजस्व डेस्क
( डिजाइनरले भरेर टेक्निकल डेस्कले रुजु गरेको घरले चर्चेको क्षेत्रफलका आधारमा, सिष्टमले स्वतः राजस्व हिसाब गर्छ ।
( सोही राजस्व लिई बिल नम्बर र मिति सिष्टममा हालेर वडा डेस्कमा पठाइन्छ ।

वडा डेस्क
( सँधियारको नाममा १५ दिने सूचना सिष्टमबाट प्रिण्ट गरेर टाँसिन्छ ।
( १५ दिने सूचना टाँस मुचुल्का उठाइन्छ ।
( सर्जमिन मुचुल्का उठाइन्छ ।
( सबै विवरण स्क्यान गरेर सिफारिश चिठीसहित फिल्ड डेस्कमा पठाइन्छ ।

एक्ज्युकेटिभ डेस्क १
( नक्सा पाससम्बन्धी सम्पूर्ण विवरण र कागजात भेरिफाई गरी ठीक भएमा भवन निर्माण इजाजत पत्र प्रदान गरिन्छ ।
( भवन निर्माण इजाजत प्रदान गरिसकेपछि सो फाइल मिसिल डेस्कमा पठाइन्छ ।

एक्ज्युकेटिभ डेस्क २
( १ हजार स्क्वायर फिटभन्दा माथिको नक्साको इजाजतपत्र प्रदान गर्ने काम एक्ज्युकेटिभ डेस्क २ ले गर्छ ।

आर्काइभल डेस्क
( घर नक्सासम्बन्धी सम्पूर्ण डिजिटाइज विवरण राखिन्छ 

Malpot Khabr:

Comment with Facebook

Explore by City