Rental Nepal is a Complete Real Estate Solution for Nepal

घरजग्गा खरिद बिक्रीमा बैंक भौचर अनिवार्य, रजिष्ट्रेशन पास नहुने

Posted on: Mar 16th 2019 | 591 Views Share Tweet Share
logo1

काठमाडौं, ९ साउन । दश लाख रुपियाँदेखि माथिको कारोबार बैंकमार्फत गर्ने कानून बनाएपछि मालमोत कार्यालयहरू घरजग्गा कारोबारमा बैंक भौचर खोज्न थालेका छन् ।

मालमोत कार्यालयहरूले साउन १ गतेदेखि बैंक भौचर माग्न थालेका हुन् । दश लाखभन्दा माथिको नगद कारोबारको बैंक भौचर नहुँदा मालपोत कार्यालयहरूले घरजग्गा पास गर्ने गरेका छैनन् ।

घरजग्गाको बैनाको रकम पनि बैंकबाट दिनु पर्ने अवस्था आएको छ । नयाँ व्यवस्थाले घरजग्गा दलालबाट हुने ठगी भने रोकिनेछ ।

सम्पति शुद्धीकरणसँग सम्बन्धित ब्यवस्था भन्दै राष्ट्र बैंकले कारोबारमा कडाइ गर्न मालपोत कार्यालयहरूलाई पनि सर्कुलर गरेको छ । त्यही कारण मालपोत कार्यालयहरूले घरजग्गा खरिद बिक्रीमा कडाइ गरेका हुन् ।

घरजग्गा खरिदकर्ता र बिक्रीकर्ताबीच नगद कारोबार बैंकमार्फत भएको प्रमाण पेस गरेर रजिष्ट्रेसन प्रकृया अगाडि बढाउनु पर्ने अनिर्वाय व्यवस्था गरिएको छ ।

नयाँ व्यवस्थाबारेमा जानकार नरहेका घरजग्गा पास गर्न आउनेहरू बैंकबाट कारोबार गर्न फर्कने गरेका छन् ।

dainiknepal

Comment with Facebook

Explore by City