Rental Nepal is a Complete Real Estate Solution for Nepal

काठमाडौंमा भवन निर्माण सम्पन्न प्रमाणपत्र लिने तरीका

Posted on: Jan 23rd 2019 | 856 Views Share Tweet Share
x

काठमाडौं महानगरपालिकाले जारी गरेका तीनओटा फारम तथा निवेदनका साथ तल दिइएका कागजात पेश गरेर भवन निर्माण सम्पन्न प्रमाणपत्र लिन सकिन्छ । निर्माण भएको भवनको घरधनीले गरेको कबुलियतनामा तथा भवन निर्माण प्रमाणितका लागि डिजाइनररसुपरिवेक्षकको कबुलियतनामाको फारम पनि निवेदनका साथमा पेश गर्नुपर्छ ।

आवश्यक कागजात –

– नागरिकताको फोटोकपी

– जग्गाधनी प्रमाण पुर्जाको फोटोकपी, ब्लू प्रिण्ट

– सम्बन्धित व्यक्तिको दुईओटा पासपोर्ट साइजको फोटो

– हालसम्म काठमाडौं महानगरपालिकालाई तिर्न बुझाउनुपर्ने कर, शुल्क, जरीवाना तथा दस्तुर दाखिला गरेको पत्र

– निवेदन पेश गर्दाको अवस्थाको भवनको चारै तर्फबाट खिचिएको फोटो

– तोकिएको ढाँचामा प्राबिधिकबाट तयार गरी प्रमाणित गरेको सम्बन्धित भवनको नक्सा (स्केच)

नोट – सार्वजनिक जग्गा अतिक्रमण भएको र खोला–खोल्साको मापदण्ड मिचेर बनाइएका भवनको नक्सा पास हुनेछैन ।

--Malpot Khabar

Comment with Facebook

Explore by City