Rental Nepal is a Complete Real Estate Solution for Nepal

अस्थायी राजधानीको आकर्षण - घरजग्गा कारोबारमा वृद्धि

Posted on: Mar 16th 2019 | 708 Views Share Tweet Share
logo1

धनगढी — अस्थायी मुकाम तोकिएसँगै धनगढीमा घरजग्गाको मूल्य र घरबहाल भाडादरमा उच्च वृद्धि भएको छ । अघिल्लो महिनाको तुलनामा कारोबारीहरूले ३० देखि ५० प्रतिशतले घरजग्गाको मूल्य बढाएका छन् ।

 
धनगढी उपमहानगरपालिकाको योजनामा तीन घेरामा रहेको रिङरोड, हुलाकी सडक र मुख्य सडक मार्ग क्षेत्रमा ५० प्रतिशतले जग्गाको मूल्यमा वृद्धि भएको हो । रिङरोड बाहिरको २० फिटे सडक मार्गले जोड्ने स्थानका घरजग्गाहरूको ३० प्रतिशत मूल्य बढेका छन् ।
घरजग्गा कारोबारी दलबहादुर शाहीका अनुसार राजधानी तोकिएपछि स्वाभाविक रूपमा घरजग्गाको मूल्यमा वृद्धि भएको छ । ‘हामीले पलटिङ गर्ने जमिन पनि कसैबाट खरिद गर्नुपर्छ,’ उनले भने, ‘राजधानी घोषणापछि प्लटिङका लागि लिइने खेत/जमिन महँगो पर्न गएको छ ।’ उनले राजधानीको आकर्षणले घरजग्गाको मूल्य बढेको सुनाए ।
 
तर दलालले घरजग्गा कारोबारमा अस्वाभाविक वृद्धि गर्न लागेको आरोप छ । ‘वास्तविक जग्गाधनीबाट लिएभन्दा तेब्बर बढीले जग्गाको मूल्यमा वृद्धि गरेक छन्,’ धनगढी बोराडाँडीका भानबहादुर साउदले भने, ‘राजधानी स्थापनापछि जग्गाका दालालले अस्वाभाविक रूपमा जग्गाको मूल्य वृद्धि र उर्वर भूमिको प्लटिङ बढाएका छन् । यसमा जग्गाधनी ठगिएका छन् ।’
उपमहानगरपालिकाका इन्जिनियर दिजराज भट्टले भर्खरै पास भएको स्थानीय सरकार सञ्चालन कार्यविधिले नगरको गुरुयोजना विपरीतका प्लटिङ रोकिको बताए । उनले नगरको गुरुयोजनाअनुसार बाटो, ढल, खुला क्षेत्र, पार्किङसमेतको व्यवस्था गरिएको प्लटिङ नगरपालिकाबाट पास गरेर मात्रै बेचबिखन गर्न पाउने बताए । भन्छन्, ‘स्थानीय सरकार सञ्चालन कार्यबिधि २०७४ अनुसार नगरपालिकाबाट पास नभएका जग्गाको प्लटिङलाई रोकेका छौं ।’ उनले प्लटिङ रोक्न मालपोतबाट कित्ताकाट गर्न रोक लगाइएको पनि सुनाए । तर, केही दलालले अन्य तरिका अपनाएर जग्गाको प्लटिङ गर्ने र बेच्ने गरेको सूचना प्राप्त भएको उनले बताए । ‘वर्षमा एक/दुईसम्म कित्ताकाट गराएर बेच्न पाउँछ,’ उनले भने, ‘यसैका आधारमा ६ महिना, वर्ष दिनमा जग्गा पास गर्ने सर्तमा कागज बनाएर स्विकृत नभएका प्लटिङ जग्गाको किनमेल भएको छ ।’ पुराना प्लटिङ क्षेत्रमा समेत राजधानीको आकर्षण देखाएर तत्कालै नगरपालिकाले ढल, खानेपानी, बिजुली बत्तीको सुबिधा पुर्‍याउन गाह्रो हुने बताए । उनले नगरपालिकाले अहिले पास गरेका प्लटिङ क्षेत्रमा मात्रै जग्गा किन्न ग्राहकलाई अनरोध गरेका छन् । ‘ठाउँ ठाउँमा स्थानीय तहबाट पास नगरेका प्लटिङमा घडेरी बेचेर ग्राहकबाट अस्वाभाविक मूल्य लिनु पनि ठगी हो,’ यसमा सतर्क हुन जरुरी छ ।’
कारोबारी शाहीले प्लटिङ गर्ने जमिनमा २० फिटको बाटो, पार्क, खुला क्षेत्र राखेर बनाइएका घडेरीको मुल्य बढेको बताए । ‘प्लटिङ कर्ता पनि घाटा छन्,’ उनले भने, ‘उनीहरूले पनि बैंकिङ कर्जा र ब्याजका तिर्नुपरेको छ।’ उनले अस्थायी भए पनि धनगढीमा राजधानीकोघोषणाले कारोबारीलाई राहात मिलेको सुनाए । ‘राजधानीको आर्कषणले अहिले धनगढी नगरक्षेत्रभित्र घरजग्गामा पैसा हाल्न खोजेका छन्,’उनले भने, ‘यही बेला घरघरेडीको कारोबार बढ्ने र घडेरी बिक्री गरिसक्नुपर्छ ।’ उनले नगरपालिकाबाट पास नभए पनि यतिखेर खेतहरू प्लटिङसमेत बढेकोबताए । उनका अनुसार राजधानीको घोषणाले कैलालीको धनगढी, देवरिया, फूलबारी, उर्मालगायत केही खेत प्लटिङ भएका छन् ।
घर निर्माण र घर भाडामा वृद्धि
अस्थायी राजधानी स्थापनाले धनगढीका निजी घरका भाडा पनि बढेको छ । राम्रा घरहरूको अभाव पनि बढेको छ । अर्काेतिर केही जग्गा तथा घरधनीहरूले नयाँ घर निर्माण तथा ताला थप्ने कामलाई समेत तीव्रता दिएका छन् । प्रदेश राजधानीलाई मध्यनजर गरी ठूला भवनहरूको निर्माण पनि भइरहेका छन्।
प्रकाशित : माघ २५, २०७४ 
Kantipur Daily 
 
Comment with Facebook

Explore by City