Rental Nepal is a Complete Real Estate Solution for Nepal

घरजग्गा ब्यवसायिको असार १५ विशेष कार्यक्रम

Posted on: Aug 07th 2018 | 645 Views Share Tweet Share
Aasad-15-Real-Estate-300x168

२०७५ असार १५ गते । काठमाण्डौं

घरजग्गा ब्यवसायीहरु जम्मा भएर असार १५ गते हामो “मौलिकता र पहिचान” भन्ने नाराका साथ ललितपुरको झम्सिखेल स्थित गेष्टमाण्डु होटलको पिसमाण्डुमा एक कार्यक्रम सम्पन्न भयोे । कार्यक्रम रियल स्टेट एण्ड रिसर्च सेन्टर(आर.ई.आर.सि) प्रा.ली. ले आयोजना गरेको थियो ।

उक्त कार्यक्रम  ७ बर्ष देखि संचालन गर्दै आएको कार्यक्रम संयोजक तथा घरजग्गा एजेन्ट एशोसियसन नेपाल (रिआन) का केन्द्रिय अध्यक्ष ईश्वर खरेलले बनाउनु भयो । यसले हाम्रो संस्कृति र मौतिकता मात्र समटने होइन की घरजग्गा ब्यवसायिकहरुलाई हार्दिकता साँटासाँट, भाकुसारीको माहौल तयार गर्ने र कृषि प्रधान देशमा यसको यथोचित अवस्था सृजना गर्ने लगायत उक्त अवसरमा दही चिउरा खाने चलनको निरन्तरता पनि हो भन्ने उल्लेख गर्नुभयो । साथै घरजग्गा ब्यवसायिहरु घरजग्गा ब्यवसाय गर्ने सन्दर्भमा सँधै ब्यवस्थित, मर्यादित र जनमुखि तवरले जोडिरहुन पर्छ भन्ने उद्धेश्यले पनि सँधै सचेत र जागरुक हुनु पर्ने भन्ने कुराहरु उहाँले राख्नु भयो ।

कार्यक्रमको विशेष अतिथि रातोपाटीका सम्पादक ओम शार्माले हामी मिडियाको मान्छेहरु सँधै यस्तो उद्धमि ब्यवासायिकको बास्तविक समस्या र पहिचानको लागि सँधै साथ, सहयोग र उचित सल्लाहको लागि तयार गहेको बताउनु भयो । तर तपाईहरुले इमान्दार र निष्टापूर्वक काम गर्नु भयो भने तपाईहरुको पेशा र ब्यवसायको मर्यादा र जिम्मेवारी अरु उँचो भएर जानेछ । रातोपाटीको तर्फबाट तपाईहरुलाई हाम्रो शुभमकाना पनि छ ।

कार्यक्रमा घरजग्गा एजेन्ट संघ नेपालको उपाध्यक्ष डी.बी. क्षेत्रीज्यूले पनि यस्तो कार्यक्रम गरेर मौलिकता, पहिचान र संस्कृतिको आलवा घरजग्गा ब्यवसायिलाई गोलबन्ध गर्ने काम निरन्तर गर्दै आउनु भएकोमा रियल स्टेट एण्ड रिसर्च सेन्टर प्रा.ली. लाई धन्यवाद दिनु भयो । भने गेष्टमाण्डुका संरक्षक तथा समाजसेवी धन विक्रम सिंहले विभिन्न यस्ता कार्यक्रमहरु गर्दै गर्दा घरजग्गा ब्यवसियिहरु बेला बेलामा भेट गर्दै विविध समस्या र अप्ठ्याराहरुको पहिचान गर्दै अगाडी बड्नु भयो भने उचित हुने सुझाव पनि दिनु भयो ।

कार्यक्रमको अन्तमा कार्यक्रमा उपस्थित सबै घरजग्गा ब्यवासायिहरु र विदेशी तथा स्वदेशी अतिथिहरुले धान दिवस तथा असार १५ को अवसरमा दहि चिउरा खाएर कार्यक्रमलाई उल्लासपूर्ण बनाएका थिए ।

Source: http://www.topicsnepal.com/193

Comment with Facebook

Explore by City