Rental Nepal is a Complete Real Estate Solution for Nepal

कामपाको नक्सापाससम्बन्धी जानकारी एसएमएसमा

Posted on: Aug 07th 2018 | 481 Views Share Tweet Share
Clipboard50-3

कामपाको नक्सापाससम्बन्धी जानकारी एसएमएसमा

 
कामपाको नक्सापाससम्बन्धी जानकारी एसएमएसमा
The following two tabs change content below.

काठमाडौं । काठमाडौं महानगरपालिकाले भवन निर्माण इजाजत लिने सेवाग्राहीलाई प्रक्रिया कहाँ पुग्यो भन्नेलगायत सूचना एसएमएसबाटै पठाउन शुरू गरेको छ । भवन निर्माणसम्बन्धी इजाजत दिने र निर्णय हुनासाथ प्रणालीले आफै यस्तो सूचना पठाउने काठमाडौं महानगरपालिकाको सूचना प्रविधि महाशाखा प्रमुख ध्रुव काफ्लेले जानकारी दिए ।

विद्युतीय प्रणालीबाट नक्सा दर्ता गर्ने सेवाग्राहीको मोबाइलमा नक्साको अस्थायी स्वीकृति (भुइँ तलासम्मको), पूरै भवनको स्वीकृति, कुनै कारणवश नक्सा स्वीकृत गर्न नमिल्ने भए त्यसको जानकारीसमेत एसएमएसमार्फत पठाउने काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ । काफ्लेका अनुसार यो सेवामा एउटा दर्ता नम्बरका लागि एउटा मोबाइल नम्बरमा एसएमएस जान्छ । एसएमएस प्रयोजनका लागि सम्बन्धित घरधनीले आफ्नो नम्बर दिनुपर्ने महानगरका प्रविधि शाखा प्रमुख राम सापकोटाले बताए । नक्सा निर्माण गर्ने इञ्जिनीयर वा नक्सा पास गर्ने काममा पठाइने वारेसको नम्बर राख्दा कार्यालयले निर्णय गरेको समयमा पहिलो लाभग्राहीसम्म सूचना पुग्दैन । त्यसैले, जसको घर बनाउने हो, ऊ आफैले आफ्नो नम्बर राख्नुपर्ने सापकोटाको भनाइ छ ।

ट्र्याकिङ सुविधामार्फत घरमै बसेर जानकारी 
महानगरले उपलब्ध गराएको विद्युतीय नक्सापासमा ट्र्याकिङ सुविधा पनि उपलब्ध छ । नक्सा दर्ता गर्दा प्राप्त भएको रजिष्ट्रेशन नम्बर विद्युतीय नक्सापास प्रणालीमा राखेपछि आफ्नो फाइल कुन टेबलमा पुगेको छ, कुन टेबलमा कति समय अड्कियो, नक्सा पास हुन कति टेबल पास हुन बाँकी छ । सबै कुरा घरमै बसेर सेवाग्राहीले हेर्न सक्ने बताइएको छ ।

विद्युतीय प्रणालीको कार्यान्वयनलाई पहिलो काम ठानेर अघि बढिरहेको महानगरका महाशाखा प्रमुख काफ्लेले जानकारी दिए । उनका अनुसार प्रणाली भए पनि उपयोगमा भने खासै आउन सकेको छैन ।

सेवाग्राही सचेत भएर प्रणालीको प्रयोग गर्ने हो भने नक्सा पाससँग सम्बन्धित धेरै गुनासो समाधान हुने उनको भनाइ छ ।

महानगरमा भवन नक्सा पास प्रक्रियालाई सबैभन्दा झन्झटिलो, बढी गुनासो भएको र अपारदर्शी सेवाका रूपमा लिने गरिन्छ । तर, अब प्रविधिको प्रयोग बढाएर यसलाई सरल र गुनासो कम हुने सेवाका रूपमा विकास गर्ने योजना रहेको काफ्लेले बताए ।

Soruce: http://www.abhiyan.com.np/?p=182731

Comment with Facebook

Explore by City