Rental Nepal is a Complete Real Estate Solution for Nepal

रियल स्टेट व्यवसाय भयको अवस्थाबाट बाहिर

Posted on: Sep 06th 2018 | 952 Views Share Tweet Share
kusunti khali

काठमाडौं, आश्विन  । घर जग्गा व्यवसाय क्रमशः सुधारोन्मुख दिशातिर उन्मुख रहेको एक अध्ययनले देखाएको छ । यो क्षेत्र भयको अवस्थाबाट बाहिर आएको एक अध्ययनले देखाएको हो । 

वृहत इन्भेष्टमेन्ट प्रालिले काठमाडौं उपत्यकामा गरेको अध्ययनले रियल स्टेट व्यवसायमा क्रमिक रुपमा सुधार आएको जनाएको हो । राजधानीमा रहेका ५० वटा हाउजिङ मध्ये २२ वटामा र ६६ वटा अपार्टमेन्ट मध्ये २२ वटामा गरिएको अध्ययनले ५९ प्रतिशत हाउजिङ र अपार्टमेन्ट बिक्री भएको देखाएको हो । 

कुल ६ हजार २ सय ८२ वटा परियोजनामध्ये ३ हजार ७ सय ८ वटा बिक्री भएको र २ हजार ५ सय ७४ वटा बिक्री हुन बाँकी रहेको पनि जनाइएको छ । अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै इन्भेष्टमेन्टका अध्यक्ष ओम राजभण्डारीले प्रयोग गरिहाल्न मिल्ने र तत्काल लालपूर्जा पाईहाल्ने परियोजनामा मानिसको रुची बढी रहेको पाइएको पनि बताए ।

अध्ययनले पाटनका हाउजिङ तथा अपार्टमेन्ट भन्दा काठमाडौंका हाउजिङ तथा अपार्टमेन्ट सस्तो रहेको पाइएको पनि जनाएको छ । २०६० देखि ६९ सम्म काठमाडौंमा सबैभन्दा धेरै ४८ वटा अपार्टमेन्ट र २३ वटा हाउजिङ, ललितपुरमा २६ वटा हाउजिङ र १८ वटा अपार्टमेन्ट एवं भक्तपुरमा एउटा परियोजना सञ्चालमा आएको अध्ययनले देखाएको छ । 

प्रतिवेदन सार्वजनिक कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर महाप्रसाद अधिकारीले हाउजिङ तथा अपार्टमेन्टमा सर्वसाधारणको विश्वास जोगाउन आवश्यक रहेको बताए । बैंक तथा वित्तिय संस्थाको अझै पनि यस क्षेत्रमा ठूलो लगानी रहेको भन्दै उनले वित्तिय प्रणालीमा असर पर्ने स्थिति भने नरहेको पनि प्रष्ट पारे । 

सहरी विकास मन्त्रालयका सहसचिव सुरेश आचार्यले सरकारले तयार पारिरहेको राष्ट्रिय आवास योजनालाई यो अध्ययनले सहयोग पु¥याउने बताए ।

 Business News

Comment with Facebook

Explore by City