Rental Nepal is a Complete Real Estate Solution for Nepal

रिआनको रचनात्मक विभागको चियापान कार्यक्रम सम्पन्न

Posted on: Oct 03rd 2018 | 733 Views Share Tweet Share
kd

टी डी त्रिपाठी  असोज १४,

रियल स्टेट एजेन्ट एशोसियसन नेपाल (रिआन)को भातृ संगठन रचनात्मक विभागको आयोजनामा रियल स्टेटमा युवाहरुको भूमिका बारे अन्तरक्रिया तथा चियापान कार्यक्रम सम्पन्न भयो ।रियल स्टेटलाई कसरी नयाँ नौलौ प्रविधिमा ढाल्ने, जनमानसमा व्यावसायिकता झल्को कसरी प्रस्तुत गर्ने तथा  रचनात्मक विभागलाई कसरी अघि बढाउने र यसको आगामी एजेण्डा के हुने, रिआनलाई  प्रभावकारी बनाउन के कस्तो रचनात्मक भूमिका खेल्ने भन्ने कुरालाई मध्यनजर गर्दै विभागमा आवद्ध विभिन्न घर जग्गा व्यावसायिक संगठनका सदस्यहरुले  झम्सिखेलको सुगम रियल स्टेटको अफिसमा नेपालको रियल स्टेट बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा रचनात्मक विभागका संयोजक अमृत घलेको अध्यक्षता गर्नु भएको थियो । सहभागी युवा सदस्यहरुले रचनात्मक विभागको गतिविधि र नेपालको रियल स्टेट मार्केट वारे आ-आफ्नो धारणा व्यक्त गरेका थिए ।

रचनात्मक विभागलाई कसरी प्रभावकारी बनाउने, रियल स्टेट व्यावसायिका चुनौतीसंग कसरी मुकाविला गर्ने, र अहिले जारी मुलुकी ऐन (२०७४) ले घरजग्गा भाडा लिन दिन तथा खरिदबिक्रीको संबन्धमा गरेको व्यवस्था वारे पनि उक्त अवसरमा छलफल गरिएको थियो । रचनात्मक विभागका संयोजक अमृत घलेले जग्गा कारोबार गर्नेको जमात च्याउ जस्तै बृद्धि भएको र रियल स्टेट मार्केटमा स्मार्ट सेवाको खाँचो परेको जनाउदै विभाग सशक्त माध्ययम बन्न सक्ने  भन्दै  अहिलेको अवस्थामा विभागका सदस्यहरुले एक अर्को बाट सक्दो लाभ लिन सक्नु पर्ने र प्रतिफल टाढा नरहेको बताए ।

कार्यक्रममा रचनात्मक विभागको उपसंयोजक प्रमोद क्षेत्री ले रचनात्मक विभाग वारे केन्द्र सरकार र प्रान्त सरकारको जस्तै अस्पष्ट देखिएको बताउनु भयो ।अब यो नेपालमा रिआनको एउटा माहौल सृजना गर्ने संयन्त्र भएको छ भन्नु भयो । 

 रचनात्मक विभागका सचिव टका दत्त त्रिपाठीले रचनात्मक विभागका सदस्यहरु कानुनका समेत ज्ञाता हुनुपर्नेमा जोड दिदै घरजग्गा भाडा, खरिद विक्रि संबन्धमा आएका नयाँ पुराना ऐन कानुनलाई समात्दै व्यावसायिक गतिविधि अगाडि बढाउन र बैज्ञानिक हुनु पर्ने जस्ता कुराहरु वताउदै भयो । साथै रियल स्टेट ब्यवसालाई राष्ट्रिय अन्तर्रा्ष्ट्रिय रियल स्टेटका अनुभवहरुलाई प्रयोगमा ल्याई समग्र रुप मा समृद्धिको लागि स्माट आधुनिक बनाउनु पर्ने धारणा राख्नु भयो । 

विभागको कोष मजबुत भए मात्र संगठन बलियो हुने र अरु रियल स्टेट एजेन्सीहरु को उदाहरण दिदै रचनात्मक विभागका सहकोषाध्यक्ष राज कुमार उप्रेतीले वताए । आफ्नो गतिविधि रियल स्टेट मार्केटमा छिटो पस्की लाभ लिन सक्नेछ तथा  भौगोलिकता र प्रविधि बीच रचनात्मक विभागले फिउजन ल्याउनु पर्ने बताउनु भयो ।कार्यक्रमको दौरानमा विभागका सदस्य सरोज तामाङ्गले सहि भिजन, मिसन र प्रोग्रामले युक्त संरचनाले नै नेपाली रियल स्टेट मार्केटमा कायापलट ल्याउन सक्छ  भन्दै  यस विभागका ऐजेण्डा विहिन हुँदा रिआनलाई कसरी गतिशिल सुझाव दिन सक्छ भनी प्रश्न गरेका थिए ।   सदस्य शन्तोष चौधरीले टेक्नोलोजिको पुर्ण प्रयोग गर्दै थोरै समयमा धेरै काम गर्न सकिने  बताउदै भन्छन आम समुदायमा व्यावसायिक रियल स्टेट कम्पनी मार्फत काम गर्दाको फाइदा दर्शाउनु भयो । त्यस्तै गरी सदस्य शुनिल मान बाँनियाले नेपाली रियल स्टेट मार्केटमा अब्यवहारीक एजेन्टहरु मौलाएको र त्यो भाईरस निर्मुल गर्ने दायित्व पनि व्यावसायिक रियल स्टेट ऐजेन्टहरुको दायित्व रहेको बताउनु भयो ।

 नेपालको रियल स्टेट बारे गरिएको अन्तरक्रिया तथा चियापान कार्यक्रममा संयोजक अमृत घलेले स्वागत मन्तब्य राख्नुभएको थियो भने कार्यक्रमको सकञ्चालन सचिव टिका दत्त त्रिपाठी गरेका थिए ।


उक्त कार्यक्रमले  पाँच बुँदे  घोषणा पनि पारित गरेको थियो।   विभागको आचारसंहिता निर्माण गर्ने प्रकृया अगाडि बढाईने, कोष  संकलनको वारेमा आपसी छलफल बाट अर्को बैठकमा निर्णय लिईने , रचनात्मक विभागका सदस्य कम्पनीहरु बीच आवश्यक डिलिगं आर्दान प्रदान गरिने , विभागको अनौपचारिक छलफलबाट अर्को बैठकको मिति तय गरिनेछ । र, रचलनात्मक विभागले रिआनको हरेक कार्यक्रम सफल पार्न सहयोग गरिनेछ ।

Comment with Facebook

Explore by City