Rental Nepal is a Complete Real Estate Solution for Nepal

रिआनको रचनात्मक विभागले गर्यो चार बूँदे घोषणा

Posted on: Sep 10th 2018 | 868 Views Share Tweet Share
viber image

रिआनको रचनात्मक विभागले गर्यो चार बूँदे घोषणा

      
 

२०७५ भाद्र 

ललितपुरको गेष्टमाण्डुमा सम्पन्न वैठकले रियल स्टेट एजेन्ट संघ नेपाल (रिआन) को छाता संगठनको रुपमा ११ सदस्य रचनात्मक (क्रेटिभ डिपाट्रमेण्ट) विभागको गठन गरियो ।  समग्र घरजग्गा ब्यवसाय तथा रिआनलाई आधुनिक र ब्यवहारीक किसिमले कसरी गतिशिल गराउने र नयाँ संयन्त्र निर्माण गरी समुन्नत रियल स्टेट निर्माण गर्नु पर्छ भन्ने कुरा केन्द्रित रहेर यो विभाग गठन भयो ।   वस्तवमा भन्ने हो भने घर जग्गा व्यावसायीको काम घरजग्गा सेवाग्राहीहरुलाई भिडाउने नभई यथोचित रुपले मिलाउने अर्थात सेवा दिने काम हो र जनताको आधारभुत आवश्यकता मध्ये वासको बन्दोदस्त गर्नमा योगदान पुर्याई सामाजिक उत्तरदायित्व वहन गर्नमा योगदान रहेको कुरा रिआनका अध्यक्ष ईश्वर खरेलले बताउनु भयो । नेपालमा रियल स्टेट व्यावसायिलाई छिटो छरितो अर्थात प्रभावशाली वनाउन र अन्र्तराष्ट्रिय प्रविधिमा ढाल्दै समाजमा सकारात्मक प्रभाव छाड्न युवाशक्ती सफल होस् भनी रचनात्मक विभागलाई सफलताको शुभकामना ब्यक्त गर्नुभयो । 


उक्त कार्यक्रम राष्ट्रिय गान बजाएर शुरु गरियो । रिआनको टिमलाई बैज्ञानिक र ब्यवहारीक रुपले अझ प्रभावकारी बनाउन रचनात्मक विभागको आवश्यकता परेको बताउदै रिआनको उपाध्यक्ष डी. बी. क्षेत्रीले बताउनु भयो । राष्ट्रिय र अन्र्तराष्ट्रिय रियल स्टेटले ल्याएको प्रभाबमा रचनात्मक विभागले आफुलाई खरो रुपमा उभ्यान सक्नुुपर्छ । रिआनको भुमिकालाई देश र आम जनसमुदायमा फैलाउन सकोस् भन्दै शुभकामना पनि दिनुभयो ।

रिआनको मातृ संगठनलाई केन्द्र बिन्दुमा राख्दै रिआनका अध्यक्ष ईश्वर खरेलबाट रचनात्मक विभागको संयोजक अमृत घलेलाई सपथ खुवाउनु भयो भने संयोजक अमृत घलेले विभागका अन्य पदाधिकारीहरुलाई सपथ खुवाईएको थियो । कार्यक्रममा नवगठित विभागका पदाधिकारीहरुलाई रिआनका अध्यक्ष तथा उपाध्यक्षले अविर र फुलमालाले स्वागत गर्नु भएको थियो ।

रचनात्मक विभागको भेलाले गरेको ४ बूँदे घोषणा

१) समग्र घरजग्गा ब्यवसाय तथा रिआनलाई आधुनिक किसिमले गतिशितल गराउने ।

२) रियल स्टेटमा नयाँ युवा ब्यवसायिहरुलाई आकर्षित र परिचालित गर्ने ।

३) रिआनको तर्फबाट आम मानिसमा रियल स्टेट बारे जनचेतना जगाउने र देशको आर्थिक समृद्धिको लागि टेवा पुर्याउने । र,

४) रियल स्टेट ब्यवसायलाई विविध रचनात्मक किसिमले अगाडी बढाउने ।

रचनात्मक विभागका निर्वाचित पदाधिकारीहरु

 

१) श्री अमृत घले                   (संयोजक)

२) श्री प्रमोद क्षेत्री                  (सह संयोजक)

३) श्री टिका दत्त त्रिपाठी        (सचिव)

४) श्री किश्वर खरेल               (कोषाध्यक्ष)

५) श्री राजकुमार उप्रेती        (सह कोषाध्यक्ष)

६) श्री सरोज तामाङ्ग            (सदस्य)

७) श्री अमित गुरुङ्ग             (सदस्य)

८) श्री आषिश थापा             (सदस्य)

९) श्री शन्तोष चौधरी           (सदस्य)

१०) श्री प्रकाश महर्जन         (सदस्य)

११) श्री शुनिल मान बाँनिया   (सदस्य)

Comment with Facebook

Explore by City