Rental Nepal is a Complete Real Estate Solution for Nepal

मोबाइलबाटै हेर्नुहोस्, घरमा रङ लगाउँदा कस्तो देखिन्छ र कति लाग्छ खर्च?

Posted on: Jan 29th 2019 | 535 Views Share Tweet Share

भनिन्छ घर बनाउनभन्दा त्यसको फिनिसिङ गर्ने काम झन्झटिलो हुन्छ। त्यसमाथि रङ छान्ने र खर्चको आंंकलन गर्न झनै मुस्किल।

पेन्टस उत्पादन गर्ने कम्पनीहरूले ग्राहकलाई रङ छान्ने काम सहज बनाउन प्रयास पनि गरिरहेका छन् त्यो मध्य एक हो मोबाइल एप।

बर्जर पेन्ट्सले भर्खरै मात्र मोबाइल एप ‘बर्जर पेन्ट्स नेपाल’ सार्वजनिक गरेको छ। हालको लागि ‘एन्ड्रोइडको’ लागि मात्र उपलब्ध उक्त एप छिट्टै एप्पलको ‘आइओएस’ मा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ।

उक्त एप मोबाइलको प्ले स्टोरबाट सजिलै डाउनलोग गर्न सकिन्छ।

एप डाउनलोड गरेर सामान्य प्रकृयापछि ६ वटा अप्सन आउँछन्। ती अप्सनमध्ये भर्चुअल पेन्टरमा गई आफ्नो घर वा कोठाको फोटो अपलोड गरेर कुन रङ लगाउँदा कस्तो हुन्छ हेर्न सकिन्छ।

ग्राहकले यस एपबाट कम्पनीका उपलब्ध सबै रङ टेस्ट गरेर गर्न सक्छन्।

रङको छनोटपछि ग्राहकले मूल्यको आँंकलन पनि एपकै भरमा गर्न सक्छन्। एपमा पेन्ट क्याल्कुलेटर भन्ने अप्सन छ। त्यो अप्सनमा गएर सबै प्रकारको रङलगाउदा लाग्ने खर्च जान्न सकिन्छ।

Setopati.com

Comment with Facebook

Explore by City