Rental Nepal is a Complete Real Estate Solution for Nepal

इन्स्टाग्राम, म्यासेन्जर र ह्वाट्सएप एकै बनाइने!

Posted on: Jan 29th 2019 | 434 Views Share Tweet Share

फेसबुकले इन्स्टाग्राम, म्यासेन्जर र ह्वाट्सएपका म्यासेज सेवा एकैठाउँमा ल्याउने योजना बनाएको छ। यी तिनै सामाजिक सञ्जालहरू हाल अलग अलग एपका रूपमा काम गर्दै आएका छन्। अब भने फेसबुकले यी तीनै एपका म्यासेज एकै ठाउँमा आउने सुविधा बनाउन लागेको हो।

यस्तो भए, एक प्लेटफर्मबाट अर्कोमा सजिलै म्यासेज पठाउन सकिनेछ। जस्तै इन्स्टाग्रामबाट सोझै म्यासेन्जर वा ह्वाट्सएपमा। वा म्यासेन्जरबाट ह्वाट्सएपमा।

तीन एपलाई एकसाथ ल्याउने कामको तयारी सुरू भइसकेको फेसबुकले जनाएको छ। यो प्रक्रिया भने लामो हुने बताइएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार तीनै एपलाई एकसाथ ल्याउने काम सन् २०२० सम्म सकिने आशा गरिएको छ।

तीनै एपका म्यासेज सेवा एकैसाथ ल्याउँदा धेरैभन्दा धेरै प्रयोगकर्ता यसमा जोडिने आशा कम्पनीको छ।

फेसबुकले एक वक्तव्यमा भनेको छ, 'हामी म्यासेज सेवामा प्रयोगकर्तालाई उत्कृष्ट अनुभव दिन चाहन्छौं। ताकि प्रयोगकर्ताहरूले सजिलै आफ्ना साथीभाइ र नातेदारसँग सम्पर्क गर्न सकून्।'

यी तीनै वटा एपको म्यासेन्जर सेवा एकसाथमा ल्याउँदा फेसबुकमा ठूलै परिवर्तन आउनेछ। किनकि, अहिले इन्स्टाग्राम र ह्वाट्सएप प्रयोगकर्ताहरू स्वतन्त्र प्लेटफर्ममा छन्। 

setopati.com

Comment with Facebook

Explore by City